प्रेम बानियाँले रवि लामिछानेलाई डोजर लिएर नहिड्न दिए सुझाव

१७ मंसिर,काठमाण्डौ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शानदार तरिकाले चुनाव जिते लगत्तै रविलाई मुलुकको आशा र भरोसा भन्दै तारिफ गरेका पत्रकार प्रेम बानियाँले अहिले आएर रविले अब खेलाँची गर्न नहुने भन्दै सर्तक भ एर काम गर्न सुझाउका छन् ।अमेरिका बस्दै आएका पत्रकार प्रेम बानियाँले फेसबुकमा रविका नाममा स्टाटस लेख्दै डोजर लिएर नहिड्न सुझाव दिएका छन् । बानियाँले सामाजिक सञ्जालमा यस्तो लेखेका छन् ।
प्रिय रबिजी,
अब अलि ‘सिरियस’ हुनेबेला आयो है ११ सिंगो युवा पुस्ताको उदय र बिलयसँग तपाईं जोडिनु भएको छ त्यसैले ‘प्लिज’ हिजोको ह्यांगओभरबाट बाहिर आउनुस् । अब तपाईं स्वयम् देशको विशेष ‘कन्टेन्ट’ हो ।अब पनि ‘स्टन्ट’ र ‘स्कुप’ खोज्न थाल्नुभयो भने धेरै कुरा बिग्रिन्छ । जुगेडी खोलाको पानी रामनगर पुर्याउन अस्ति भर्खर चुनाव जितेको तपाईंको के योगदान छ त्यो त मलाई थाहा भएन तर यस्ता विषयहरूमा तपाईंले भन्दा पनि अरूहरूले पोष्ट गरिदिएको भए राम्रो हुन्थ्यो १ अनि धेरै तिर ‘जस’ खोज्नुपनि राम्रो होईन । मानक बन्नुस न कि मानोपाथि ! किन यस्तो हल्लाखल्लामै हो के तपाईंरु डोजर नहसाउनुस् यसरि ! अब क्रमश सुझावहरू पाउनुहुनेछ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।