क्रिकेट टोली कप्तान सन्दीप लामिछानेविरुद्ध नाबालिग बलात्कारको उजुरी

२२ भाद्र,काठमाण्डौ ।
राष्ट्रिय क्रिकेट टोली कप्तान सन्दीप लामिछानेविरुद्ध १८ वर्षभन्दा कम उमेरकी बालिका बलात्कारको जाहेरी परेको छ । लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय टेकुमा मंगलबार नाबालिगलाई बलात्कार गरेको उजुरी परेको उपत्यका प्रहरी कार्यालयका एक प्रहरी अधिकृतले डिसी नेपाललाई जानकारी दिए । लामिछाने भने अहिले खेलका क्रममा देशबाहिर छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।