मन्त्रीलाई लाइनमा बस्न आग्रह गर्ने सुरक्षा गार्डलाई थुनामा राखेर अनुसन्धान

२० भाद्र,काठमाण्डौ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई ‘लाइनमा बस्नु’ भन्दै आग्रह गर्ने एक सुरक्षा गार्डलाई थुनामा राखेर अनुसन्धान अघि बढाइएको छ। मन्त्री श्रेष्ठमाथि गत शुक्रबार दुर्व्यवहार गरेको आरोपमा ठमेलस्थित छाया सेन्टरका सुरक्षा गार्ड शेरजंग गुरूङलाई प्रहरीले पक्राउ गरेको थियो। मन्त्री श्रेष्ठ छाया सेन्टरमा बायोमेट्रिक्स कामका लागि गएका थिए। त्यहाँ सेवाग्राहीको लाइन थियो। मन्त्री श्रेष्ठ लाइन काटेर जान खोजेपछि सुरक्षा गार्डले ‘लाइनमा बस्नु’ भनेका थिए।

मन्त्रीका पिएसओले श्रेष्ठ मन्त्री भएको जानकारी गराए पनि सुरक्षा गार्डले नमानेको आरोप छ । उनले जो भए पनि लाइनमा बस्नुपर्ने बताएका थिए । उनीमाथि जाहेरी परेपछि प्रहरीले पक्राउ गरी पाँच दिन म्याद लिई थुनामा राखेर अनुसन्धान अघि बढाएको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद लिइएको छ। File Photo

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।