१३ भाद्र,काठमाण्डौ ।
इजरायलले कृषि क्षेत्रका लागि समेत नेपाली कामदार लैजाने भएको छ । एक हजार जना स्वास्थ्य सहायक (केयर गिभर) कामदार लगेको इजरायलले अब कृषि क्षेत्रका लागि कामदार लैजान लागेको हो । जुन कुराको जानकारी इजरायलले नेपाल सरकारलाई गराइसकेको छ ।३० साउन २०७९ मा नेपालका लागि इजरायली राजदूत हनान गोदेर र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरबीच भेटवार्ता भएको थियो । उक्त भेटको क्रममा राजदूत हनानले कृषि क्षेत्रका लागि समेत कामदार लैजान लागेको जानकारी गराएका थिए ।