महाअभियोग सिफारिस समितिलाई नेपाल बारले बुझायो ३४ बुँदे प्रमाण

१३ भाद्र,काठमाण्डौ ।
नेपाल बार एशोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरामाथिको महाभियोग पुष्टि हुने प्रमाण संसदको महाभियोग सिफारिस समितिलाई बुझाएको छ ।नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अञ्जिता खनालले महाअभियोग पुष्टि हुने प्रमाण कागजातकाे रूपमा ३४ बुँदे पत्र सिफारिस समितिलाई बुझाउनुभएकाे हाे ।

‘प्रधानन्यायाधीश जबरा उपरको नेपालका संविधानको धारा १०१ वमोजिम महाभियोग प्रस्तावलाई पुष्टि गर्ने महाभियोग आरोपसँग सम्बन्धित कागजात, विवरण, जानकारी लगायतका प्रमाणहरु यस निवेदनसँग संलग्न गरी पठाईएको व्यहोरा अनुरोध छ ।’ बारले बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।

 

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।