प्रधानमन्त्री देउवाद्धारा बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन

११ भाद्र, बुटवल ।
बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी) को उद्घाटन भएको छ । एक अर्ब ३ करोड लागतमा बनेको कुल २७ सय जना क्षमताको सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार उद्घाटन गरेका हुन् । सम्मेलन केन्द्र उद्घाटनमा रुपन्देही-२ का सांसद पूर्वअर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री बालकृष्ण खाँण, सहरी विकासमन्त्री मेटमणि चौधरी र लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीलगायत सहभागी थिए । बुटवल राजमार्ग चौराहादेखि ५०० मिटर पूर्वतर्फ बुटवल-१०स्थित बुटवल मण्डपको साढे ९ बिघा क्षेत्रफलमा एकहजार जना क्षमताको मुख्य हल र अन्य १२ वटा हल सहितको सम्मेलन केन्द्र बनेको हो ।

नेपाली आर्किटेक्ट इन्जिनियरहरुबीच प्रतिस्पर्धाबाट उत्कृष्ट आर्किटेक्टले सम्मेलन केन्द्रको डिजाइन गरेका हुन् । संघीय सरकारको शहरी विकास तथा भवन निर्माण विभागले १ अर्ब ११ करोडको लागतमा बनाएको सम्मेलन केन्द्रमा १३ वटा वातानुकुलित हल छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।