कबड्डी ४ की नायिका मिरुना मगर र फिल्म प्राविधिक ठकुरी विरुद्ध अदालतमा मुद्दा दर्ता

१२ साउन,काठमाण्डौ ।
गत जेठ १५ गते कबड्डी ४ की नायिका मगरले बौद्द भिक्षु फुर्बा लामालाई “ब्याड टच” गरेको भन्दै सार्बजनिक रुपमा झापड हान्नुको साथै प्रहरीमा समेत बुझाएकी थिईन् । सोही बिषयलाई लिएर भिक्षु लामाले सार्बजनिक रुपमा कुटपिट गरेको भन्दै मुद्दा दर्ता गराएका छन् । लामाले नायिका मिरुना मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता गरेका हुन् । दायर मुद्दामा वादीको तर्फबाट मुद्दा दर्ता गर्दै तामाङले कानुन बमोजिम सजायको माग गरेका छन् । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले मुद्दा दर्ता भएको पुष्टि गरे ।

माफी माग्ने सवालमा पटक–पटक पहल गर्दा पनि मगरले बेवास्ता गरेपछि मुद्दा दर्ता गर्न बाध्य भएको फुर्र्वाले उजुरीमा उल्लेख गरेका छन् । फिल्म प्राविधिक ठकुरीले मिरुनालाई उक्साउने काम गरेको भन्दै उनीविरुद्ध पनि कारवाही माग गरिएको छ । गत जेठ १५ गते काठमाडौंको सिभिल मलस्थित एक कफी सपमा कबड्डी ४ फिल्मको प्रचारको लागि पुगेकी मिरुनाले आफूलाई फुर्वाले दुव्र्यवहार गरेको भन्दै थप्पड हानेकी थिइन् ।

यो प्रकरण चर्किएपछि बौद्ध भिक्षु र बौद्ध समुदाय फिल्मविरुद्ध प्रदर्शनमा उत्रिएका थिए । फिल्म र बौद्ध समुदायबीच आइन्दा विवाद नगर्ने भन्दै माफी मागेर सहमति पनि भएको थियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।