वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्दै,६९ जनाको केन्द्रीय समिति

१४ असार,काठमाण्डौ ।
नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले मंगलबार नयाँ पार्टीको घोषणा गर्नुहुने भएको छ । काठमाडौंमा मंगलबार कार्यक्रम आयोजना गरेर गौतमले औपचारिक रुपमा नयाँ पार्टीको घोषणा गर्न लाग्नुभएको हो । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान चलाउनुभएका उहाँले नयाँ राजनीतिक दलको घोषणा गर्न लाग्नुभएको थियो । तत्काललाई ६९ जनाको केन्द्रीय समिति बनाउने गरी गौतमले घोषणा गर्न लागेको नयाँ पार्टीको नाम नेकपा एकता राष्ट्रिय अभियान हुनेछ ।

उहाँले यसअघि २०५६ मा नेकपा एमाले विभाजन गरेर नेकपा माले दल गठन गर्नुभएको थियो । त्यही वर्ष भएको निर्वाचनमा मालेको लज्जास्पद परिणाम आएको थियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।