३ असार,काठमाण्डौ ।
प्रधानमन्त्री शेरबहादुर देउवा सवार हेलिकोप्टरमा इन्धन सकिएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ । प्रधानमन्त्री देउवा सुदूरपश्चिममा हुने कार्यक्रमका लागि धनगढी जान लागेका थिए ।विमानस्थलमा अवतरण भएपछि २० मिनेट बढी प्रधानमन्त्री देउवाले नेता–कार्यकर्तासँग भेट गरेका थिए । इन्धन सकिएपछि भर्नका लागि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो । इन्धन भरेपछि हेलिकोप्टर सुुदूरपश्चिम उडेको थियो ।
प्रधानमन्त्री देउवा सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमा सवार थिए । File Photo