मुग्लिन-आँबुखैरेनी सडकखण्डमा आज साना गाडी मात्रै चल्‍ने

२८ जेष्ठ,काठमाण्डौ ।
मुग्लिन नजिकै पर्ने पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्डमा आज साना गाडी मात्र सञ्चालन हुने भएका छन् । ठूला गाडी सञ्चालन गर्दा जोखिम हुने भएकाले केही दिन ठूला गाडी सञ्चालन गर्न नसकिने सडक डिभिजन कार्यालयले जनाएको छ ।आँबुखैरेनी नजिकै मर्स्याङ्दी विद्युत् गृह नजिकै हिजो बिहान सडक भासिएपछि बन्द भएको सडक खण्ड मर्मतका लागि अर्को सूचना नआएसम्म बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्मका लागि बन्द गर्न थालिएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।