१५ जेष्ठ,काठमाण्डौ ।
सम्पर्कविहीन रहेको तारा एयरको विमान भेटिएको छ । विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा भेटिएको हो । विमानमा सवार सबैको मृत्यु भएको आशंका गरिएको छ ।
कास्कीको पोखराबाट आइतबार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको थियो । १० बजेर १५ मिनेटमा अवतरण हुनुपर्ने अल्फा इको ट्यांगो कल साइन भएको जहाज सम्पर्कविहीन भएको हो ।
विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को(पाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा थिए । उक्त जहाजमा १३ नेपाली, ४ भारतीय,२ अन्य देशका नागरिक र ३ चालकदल गरी कुल २२ जना सबार थिए ।








