चितवनका ७ वटै मतदानस्थलमा तारजालीको छेकबार

२९ बैशाख,काठमाण्डौ ।
चितवनका ७ वटै मतगणना स्थलमा तारजालीको छेकबार लगाएको छ । ५० भन्दा बढी सिसी क्यामेराहरु जडान भएका छन् । हरेक मतगणना स्थलमा ६ देखि ८ वटासम्म सिसी क्यामेराहरु जडान भएका छन् । मतगणना स्थलभित्र, बाहिर, मतपत्र भण्डारण कक्ष सबैलाई हेर्न मिल्ने गरी सिसी क्यामेराहरु जडान भएका हुन् ।भरतपुर महानगरको मतगणना स्थल उद्योग संघको प्रर्दशनी केन्द्रको सी ब्लक, माडीको माडी क्याम्पसको पहिलो तला, इच्छाकामनाको गाउँपालिकाको भवन, रत्ननगरको नगरपालिका भवनको दोस्रो तला, कालिका नगरपालिकाको आमा सञ्जाल भवन, खैरहनीको खैरहनी मावी, राप्तीको भण्डारा मावीका मतगणना स्थल बनाइएको छ । सबै मतदान स्थलहरुमा फलामे बार सहितको तारजालीको छेकबार राखिएको छ ।

मतगणकहरु र दल तथा उम्मेदवारका मतगणना प्रतिनिधिहरु बस्ने ठाउँलाई तारको छेकबारले छुट्टाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका प्रवक्ता पुरुषोत्तम पौडेलले सबै मतगणना स्थलहरुलाई सुरक्षित बनाउने गरी आवश्यक पूर्वाधारहरु राखिएको बताउनुभयो ।

भरतपुरको मतगणना स्थल रहेको प्रर्दशनी केन्द्रको सी ब्लकको पछाडीको सीसाको ढोकाहरु समेत सिल गरिएको छ । मतपत्र गणना स्थल नजिकै मतभण्डारण कक्ष राखिएको छ । फलामे बार सहितको तारजालीको छेकबार बनाइएको छ । मतगणना भैरहेको हेर्न मिल्ने गरी मतगणना प्रतिनिधिहरु बस्न मिल्ने ठाउँ बनाइएका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।