बुधवारबाट ६ दिनका लागि सबै विद्यालयमा बिदा

२८ बैशाख,काठमाण्डौ ।
सरकारले बुधवारबाट ६ दिनका लागि विद्यालयमा बिदा दिएको छ । मतदान केन्द्र कायम गरिएका र अन्य विद्यालय बुधबारबाट ६ दिन बन्द हुने भएका हुन् । सरकारले मतदानको दिन ३० गते एक दिन मात्रै बिदा दिने निर्णय गरेको थियो। तर शिक्षकहरू मतदान केन्द्रमा खटिनुपर्ने र बाहिर जिल्लामा मतदान गर्न जानुपर्ने भएकाले आजबाट बिदा भएको हो ।शिक्षक महासंघका अध्यक्ष कमला तुलाधारले आजबाट सबै विद्यालय बन्द हुने जानकारी दिनुभयो । उहाँले आधाभन्दा बढी विद्यालयमा मतदान केन्द्र रहेको र बाँकी रहेका विद्यालयका शिक्षक पनि मतदान गर्न आफ्नो जिल्ला जानुपर्ने र केही शिक्षक मतदान केन्द्रमा खटिनुपर्ने भएकाले आजबाट बिदा दिइएको बताउनुभयो ।

हाल देशभर करिब २७ हजार सामुदायिक विद्यालय र करिब ८ हजार निजी विद्यालय छन्। सामुदायिक र निजी गरी करिब ३५ हजार विद्यालय छन्। सरकारले मतदान केन्द्र कायम गरिएका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म तीन दिन बन्द गर्ने निर्णय गरिसकेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।