मौन अवधिमा के–के गर्न हुँदैन ?

२७ बैशाख,काठमाण्डौ ।
स्थानीय तह निर्वाचनका लागि मंगलबार मध्यराति १२ बजे मौन अवधि सुरु हुँदैछ। राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भ्रातृ संठन वा सम्बन्धित व्यक्तिले मौन अवधि पालना गर्नुपर्छ। मौन अवधिभर निर्वाचन प्रचार–प्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा–सम्मेलन, कार्यशाला र गोष्ठी आदि गर्न पाइँदैन।मतदान स्थलको ३०० मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री मौन अवधि सुरु हुनुभन्दा अघि नै हटाउनुपर्छ। कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न पाइँदैन।

अनलाइन, छापा, सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामग्री पोस्ट शेयर गर्न वा गराउन पाइँदैन।निर्वाचन आयोगले मौन अवधि सुरु भएदेखि मतदान सम्पन्न नभएसम्म मदिरा बिक्रीवितरण र सेवनमा समेत रोक लगाएको छ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।