नेपाल–भारत सीमा क्षेत्रमा हवाई फायर

१९ बैशाख,काठमाण्डौ ।
नेपाल–भारतको सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले हवाई फायर गरेका छन् । विराटनगर १८ इस्लामपुर सीमा सुरक्षामा खटिएका भारतीय एसएसबीले तीन राउण्ड हवाई फायर गरेका हुन् ।
सोमबार २ बजे डियुटिमा खटिएका भारतीय एक एसएसबीले दुई राउण्ड जमिन र एक राउन्ड आकाशतिर हवाई फायर गरेको विराटनगर १८ का इस्लामपुरका स्थानीयले बताए ।स्थानीयका अनुसार डियुटिमा खटिएका एसएसबीले मदिरा सेवन गरेका थिए ।हवाई फायरबाट कुनै मानवीय क्षति भने भएको छैन । मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले दशगजा क्षेत्रमा गोली चलेको पुष्टि गरेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।