सरकारसँग करिब ७ महिनाको आयात धान्न सक्ने विदेशी विनिमय सञ्चिति

२९ चैत्र,काठमाण्डौ ।
सरकारसँग करिब ७ महिनाको आयात धान्न सक्ने विदेशी विनिमय सञ्चिति रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । मंगलबार राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८–०७९ को ८ महिनाका समीक्षा रिपोर्टमा असार मसान्तमा रु.१३९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.३ प्रतिशतले कमी आएपनि अझै सो समयका लागि पुग्ने अवस्था रहेको औंल्याइएको हो । बैंकका अनुसार फागुन मसान्तमा रु.११७१ अर्ब डलर विदेशी सञ्चिती रहेको छ ।यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड डलर रहेकोमा २०७८ फागुन मसान्तमा १८.५ प्रतिशतले कमी आई ९ अर्ब ५८ करोड कायम भएको बैंकको भनाइ छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा रु.१२४४ अर्ब ६३ करोड रहेकोमा फागुन मसान्तमा १८.२ प्रतिशतले कमी आई रु.१०१८ अर्ब ५ करोड कायम भएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।