१५ चैत्र,काठमाण्डौ ।
धनुषाको सबैलामा मोटरसाइकल दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सोमबार साँझ सबैला नगरपालिका–१२ बरकुर्वामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चार बालकको मृत्यु भएको हो ।मृत्यु हुनेमा सबैला नगरपालिका–२ का १५ वर्षीय राहुल यादव, १२ वर्षीय लक्ष्मी यादव, बौका भनिने विकास यादव र १४ वर्षीय सुमित यादव
रहेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिएका छन् ।अर्का एक जना घाइते भएका छन् । दुर्घटनामा सबैला–२ का १९ वर्षीय सुरेन्द्र यादव घाइते भएका हुन् । एउटै मोटरसाइकलमा पाँचै जना सवार रहेको घाइते यादवले जनाएको प्रवक्ता बस्नेतले बताए ।
ज.६ प ६७३९ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूमध्ये चार जनाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा मृत घोषणा गरिएको थियो ।







