७ चैत्र,काठमाण्डौ ।
नाबालिका माथि बलत्कारको अभियोग लागेका अभिनेता पल शाहविरुद्धको अनुसन्धान सोमबार तनहुँ प्रहरी सकेर फाईल सरकारी वकिलाई बुझाएको छ ।
प्रहरीले २१ दिन लामो अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन पेश गरेको हो । जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीले यस अघिनै शाहविरुद्ध गरेको अनुसन्धान सकेर अदालतमा मुद्दा दर्ता गरिसकेको छ ।







