नाबालिका छात्रालाई यौन दुर्ब्यबहार गर्ने शिक्षक पक्राउ

७ चैत्र,काठमाण्डौ ।
चितवनमा बाल यौन दुर्ब्यबहार गर्ने शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । माडी नगरपालिका वडा नं. १ बरुवास्थित सोमेश्वर उच्च मा.बि.का शिक्षक सुरज लामिछानेलाई नाबालिका छात्रालाई यौन दुर्ब्यबहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको हो ।कक्षा ९ अध्यनरत १५ बर्षीय नाबालिकालाई सोही स्कुलमा कार्यरत शिक्षक ३७ बर्षीय लामिछानेले बाल यौन दुर्व्यबहार गरेको भनि निज नाबालिकाको आफन्तले जिल्ला प्रहरी कार्यालयमा आईतबार लिखित जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता एवं प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले जानकारी दिए ।

उजुरीका आधारमा लामिछानेलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको अधिकारीले जानकारी दिएका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।