संसद् बैठक आज बस्दै, एमसीसी प्रस्तावमाथि छलफल हुने

१५ फाल्गुन,काठमाण्डौ ।
आइतबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा एमसीसी समेटिएको छ। संघीय संसद्का महासचिव डा. भरतराज गौतमका अनुसार आइतबार दिउँसो १ बजे बस्ने बैठकमा एमसीसी प्रस्तावमाथि छलफल हुनेछ।सम्भावित कार्यसूचीको दोस्रो नम्बरमा अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुदान सहायता सम्झौतामाथि छलफल हुने उल्लेख गरिएको हो। उक्त प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नेछन्।यसअघि एमसीसी पारित गर्ने विषयमा सत्ता गठबन्धनका दल सहमत नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा संसद बैठक पटकपटक सारिएको थियो। बिहीबारका लागि तोकिएको बैठक शुक्रबार दिउँसो १ बजे र शुक्रबारका लागि तोकिएको बैठक आइतबारका लागि सारिएको हो। शुक्रबारको बैठकअघि एमसीसीको विषयमा सहमति नभएपछि थप छलफलका लागि बैठक आइतबार दिउँसो १ बजेका लागि सारिएको हो।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।