प्रधानमन्त्री देउवा आन्तरिक छलफलमा व्यस्त

६ फाल्गुन,काठमाण्डौ ।
प्रधानमन्त्री शेरबहादुर देउवा सत्ता गठबन्धनको बैठक सकिएलगत्तै आफ्नै पार्टीका केही मन्त्री र नेताहरुसँग आन्तरिक छलफलमा जुटेका छन् । शुक्रबार बिहान एमसीसीबारे निर्णायक छलफल गर्न बसेको गठबन्धनका नेताहरुको बैठक सकिएपछि प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाण, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडु, कांग्रेसकी सचेतक पुष्पा भुसाललगायतलाई बालुवाटार बोलाएर छलफलमा जुटेका हुन् । आज बसेको सत्ता गठबन्धनको बैठकले संसदमा एमसीसी टेबल नगर्ने निर्णय गरेको छ । एमसीसीका सम्बन्धमा दलहरूबीच सहमति नजुटेपछि फेरि आइतबार बिहान १० बजे गठबन्धनको बैठक बस्ने भएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।