मगमग चाउचाउ कारखानामा आगो लाग्यो

२९ माघ,काठमाण्डौ ।
झापाको मेचीनगर नगरपालिका १४ दुहागडीमा रहेको मगमग चाउचाउ कारखानामा शनिवार विहान लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । विहान ५ बजेदेखि देखिएको आगो नियन्त्रण प्रयास जारी रहेको र अहिले करीब दुई दर्जन दमकल परिचालन गरिएको छ ।आगो नियन्त्रणका लागि झापाको सीमापारी भारत र इलामबाट समेत दमकल मगाइएको छ । मनषा फुड द्धारा उत्पादन हुने मगमग चाउचाउको कारखानामा भएको आगलागिको कारण भने अहिलेसम्म नखुलेको बताईएको छ । एकसाता अघि मेचीनगरमा नै एसएस फुटवेयरमा भएको भीषण आगलागीमा आठ करोडभन्दा बढीको क्षति भएको थियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।