एमसिसी संसदबाट पास गर्न दबाब, फेब्रुअरी २८ सम्म पारित नभए फिर्ता हुने

२७ माघ,काठमाण्डौ ।
अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले सम्झौता संसदबाट पास गर्न पुनः दबाब दिएको छ । फेब्रुअरी २८ सम्म सम्झौता नेपालको संसदबाट पास नभए फिर्ता हुने सन्देश एमसीसीले दिएको छ।बुधबार साँझ भएको भर्चुअल अन्तर्क्रियामा एमसिसीकी उपाध्यक्ष फतिमा सुमारले फेब्रुअरी २८ पछि म्याद थप नहुने बताउनुभएको हो । उहाँले नेपालमा एमसिसी कार्यान्वयन लागि आगामी तीन हप्ता निकै महत्वपूर्ण रहेको बताउनुभयो ।फेब्रअरी अन्तिमको समय सीमा नेपाल सरकारका प्रधानमन्त्री शेरबहा दुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफैं तोकेको हुनाले फेरि समय थप्न नसक्ने उहाँले प्रष्ट पार्नुभयो ।

सुमारले फेब्रुअरी २८ को समय सीमा एमसिसी सम्झौता संसदमा टेबल गर्न वा छलफल गर्नलाई नभई पास गर्नलाई भएको दाबी गर्नुभयो ।हरेक समय सीमा र सम्झौताको अर्थ हुने जिकिर गर्दै उहाँले अब अर्को बहाना स्वीकार्न नसकिने स्पष्ट पार्नुभयो ।गत सेप्टेम्बरमा नेपाल आउनुभएका सुमारले अझै पनि एमसिसी पास हुनेमा आफू आशावादी रहेको बताउनुभयो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।