बेहुली छाेडेर फर्किएको कार ट्रकमा ठाेक्किंदा ३ को मृत्यु

२४ माघ,काठमाण्डौ ।
रुपन्देहीको बुटवल तामनगरमा सडकमा रोकिराखेको ट्रकमा कार ठोक्किंदा कारमा सवार तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा कारमा सवार २ जना गम्भीर घाइते भएका छ्न् ।बुटवल उपमहानगरपालिका वडा नं. १२ तामनगर नजिक पूर्व-पश्चिम राजमार्गमा रोकिराखेको लु २ ख ९७७२ नम्बरको ट्रकमा लु ३ च ४४४२ नम्बरको कार सोमबार बिहानै ठाेक्किएको प्रहरीको भनाइ छ ।दुर्घटनामा एक जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । मृतक र घाइतेको सनाखत हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । बेहुला-बेहुलीलाई कपिलवस्तु छोडेर फर्किंदै गरेको कार सडक किनारमा रोकिराखेको पराल बोकेको ट्रकको पछाडि ठोक्किएको हो । कारको अगाडिको भाग क्षतिग्रस्त भएको छ । उक्त कारलाई क्रेनको सहायताले सडकबाट हटाइएको थियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।