प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे प्रचण्ड

१९ माघ,काठमाण्डौ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवा र प्रचण्डबीच भेटवार्ता भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।सचिवालयका अनुसार उनीहरुबीच स्थानीय तहको निर्वाचन, एमसीसी लगायतका विषयमा छलफल भइरहेको छ । निर्वाचन आयोगले जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न सिफारिस गरेको छ । आयोगको सिफारिस अनुसार निर्वाचनको मिति तोक्ने प्रधानमन्त्रीको तयारी छ । अब बस्न मन्त्रिपरिषद बैठकबाट निर्वाचनको मिति घोषणा गरिने छ । पछिल्लो समय एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धन दलहरूका बीचमा मतभेद छ । यस विषयमा निकास खोज्न लागि परेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।