१५ माघ,एजेन्सी ।
विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन १० हजार २३७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट १० हजार ३३७ को मृत्यु भएको हो ।त्यस्तै, विगत २४ घण्टामा विश्वभर ३४ लाख १ हजार ९०७ जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म ३७ करोड १ लाख ७३ हजार ७५ जनामा कोरोना संक्रमण भएको छ । त्यस्तै, २९ करोड २२ लाख ९८ हजार ५५६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको पछिल्लो तत्थ्यांक अनुसार ५६ लाख ६७ हजार ३२२ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।







