१३ करोड राजस्व नतिरी अमेरिका भाग्न लागेका क्यासिनो सञ्चालक विमानस्थलबाट पक्राउ

२ माघ,काठमाण्डौ ।
एसएचएल म्यानेजमेन्ट प्रालिका निमित्त प्रमुख कार्यकारी अधिकृत माइक बोल्सोभर पक्राउ परेका छन् । नेपाल सरकारलाई १३ करोड रुपैयाँ राजस्व नतिरि नेपाल छाड्न लागेका बोल्सोभरलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनमा त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट पक्राउ गरिएको हो ।ओसीपी एसियाको लगानीमा साङ्ग्रिला होटल लाजिम्पाट र भैरहवामा रहेको टाइगर प्यालेसमा सञ्चालित दुई वटा क्यासिनोको राजस्व नतिरिइ गएराति नेपाल छाड्न लागेका थिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले क्यासिनो सञ्चालन गरेबापत राजस्व नतिरिइ भाग्न लाग्दा उनलाई पक्राउ गरिएको हो ।

गएराति १० बजे साउथ अमेरिका उड्न लागेका उनलाई मन्त्री आले र मन्त्रालयका सचिव महेश्वर न्यौपानेको निर्देशनमा विमानस्थलबाटै नियन्त्रणमा लिइएको बताइएको छ । दुई वटा क्यासिनोले प्रति क्यासिनो ६ करोड ५० लाख रुपैयाँका दरले दुई क्यासिनोको १३ करोड रुपैयाँ पुस मसान्तभित्र दाखिला गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

मन्त्री आले र मन्त्रालयका सचिव महेश्वर न्यौपानेको निर्देशनमा क्यासिनोका निमित्त सीईओ बोल्सोभरलाई विमानस्थलबाटै नियन्त्रणमा लिइएको बताइएको छ ।नेपालमा सञ्चालनमा आएका ८ वटा क्यासिनोले भने , कम्तीमा पनि ४० करोड रुपैयाँ सरकारको खातामा राजस्व दाखिला गरेको मन्त्रालयले जनाएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।