पाल्पामा मलामी सवार बस दुर्घटनामा आठ जनाको मृत्यु

१८ पौष,पाल्पा ।
पाल्पामा भएको मलामी सवार बसमा दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । बुटवलदेखि रिडी हिँडेको मलामी सवार बस पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित लघुवामा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको हो ।मृतकको सनाखत हुन बाँकी छ । आइतबार बिहान साढे १० बजे ३५ जना मलामी सवार लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भएको हो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।