२५ कार्तिक, काठमाडौं ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बुधबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटिट्तेलको मुल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको हो ।
यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिलिण्डिर ७५ रुपैयाँ बढेको छ । यससँगै एक सिलिण्डर ग्यासको मूल्य १ हजार ५ सय ७५ रुपैयाँ पुगेको छ ।






