२९ भाद्र, काठमाडौं ।
विश्व क्रिकेट लिग २ मा ओपनर आशिफ सेखको उत्कृष्ट ब्याटिङका बाबजुद नेपालको समग्र प्रदर्शन कमजोर रहँदा ओमनले १९७ रनको सामान्य लक्ष्य पाएको छ । पहिला टस जीतेर ब्याटिङ रोजेको नेपालले पहिलो ओभरमै शुन्य रनमा ओपनर कुसल भुर्तेललाई गुमाउन पुग्यो । त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल र शेखले नेपालको पारी उकासे ।
शेखले ७ चौका र एक छक्काको मद्धतमा ९० रन बनाए । कप्तान मल्ल २१ रनमा आउट भए । रोहित पौडेल २० रनमै आउट भए भने करण केसी २१, सन्दीप लामीछाने १६ रन जोड्न सफल रहे पनि अन्यले दोहोरो अंक जोड्न सकेनन् ।अब ओमनले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ ।
नेपाल कुल ४७. ४ ओभरमा अलआउट हुँदै १९६ रन मात्र बनाउन सक्यो । ओमनका विलाल खान एक्लैले चार विकेट झारे ।ओमन समुहको शीर्ष स्थानमा छ । आजको खेल जीत्न सक्दा नेपाल चौथो स्थानमा उक्लिने संभावना छ ।यस अघि नेपालले हिजो अमेरीकालाई पराजीत गरेको थियो ।








