२७ भाद्र, काठमाडौं ।
एमसीसीकी उपाध्यक्ष फातिमा सुमार अमेरिका फर्कने क्रममा नेपालकै आग्रहमा एमसीसी परियोजना आएकाले अनुमोदन नगरे सम्म कार्यन्वयनमा नजाने बताएकी छिन् । चार दिने नेपाल भ्रमण सकेर फर्किनु अघि उनले अहिले सम्म ८ वटा सरकार बनेको र ती सरकारहरुले एमसीसी अनुमोदन र कार्यन्वयन गर्ने बताएको पनि दाबी गरिन् ।
एमसीसी नेपालको अर्थतन्त्रलाई सहयोग गर्ने सुमारको दाबी छ । उनले सम्झौता अनुमोदनका लागि कुनै समयसीमा नरहेको पनि बताईन् । भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेर बहादुर देउवा सहित विभिन्न दलका नेताहरु र मन्त्रीहरुसँग भेटवार्ता गरेकी थिईन् ।






