एमालेको नाराबाजीका बीच राजनीतिक दल सम्बन्धि अध्यादेश पेश

२३ भाद्र, काठमाडौं ।
बुधबारको प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेको पटक पटकको अवरोध नरोकिए पछि सभामुख अग्नी सापकोटाले सदनको कार्बाही अगाडी बढाएका छन् ।एमालेको नाराबाजी चलिरहेका बेला सभामुखको निर्देशन बमोजिम राजनीतिक दल सम्बन्धि अध्यादेश बैठकमा टेबल भएको छ ।सरकारले नेकपा एमाले र जनता समाजवादी दल विभाजनमा सहयोग पुग्नेगरी केन्द्रीय समिति अथवा संसदीय दलमध्ये एकमा २० प्रतिशत सांसद भए दल विभाजन गर्न मिल्ने अध्यादेश ल्याएको थियो।सो अध्यादेश गृहमन्त्री बालकृष्ण खाँडले सदनमा पेश गरेपछि सभामुखले २५ गते सम्मका लागि सदनको बैठक स्थगित गरेका थिए ।

सभामुखको भूमिका निष्पक्ष नभएको भन्दै एमालेले सदन अबरुद्ध पारेको हो ।पुर्ब प्रधानमन्त्री केपी शर्मा ओली समेतले सभामुखले निषपक्ष सभामुखको भुमिका निर्बाह नगरी पार्टी कार्यकर्ताको रुपमा प्रस्तुत भईरहेको भन्दै कडा रुपमा बिरोध गर्दै आएका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।