२० भाद्र, काठमाडौं ।
नेपालसँगको दोस्रो मैत्रीपूर्ण फुटबल खेलमा भारत विजयी भएको छ । दशरथ रंगशालामा आइतवार भएको दोस्रो मैत्रीपूर्ण खेलमा भारतसँग नेपाल २–१ ले पराजित भएको हो । भारतका लागि फारुक चौधरी र कप्तान सुनिल क्षेत्रीले गोल गरेका हुन् । ६२औं मिनेटमा भारतका तर्फबाट फारुक चौधरीले गोल गर्दै अग्रता दिलाएका थिए ।
त्यस्तै ८० औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले एक गोल गरेका थिए । खेलको ८५ औं मिनेटमा नेपाली खेलाडी तेज तामाङले सान्त्वना गोल गर्न सफल भए । यसअघि विहीवार भएको पहिलो खेल १–१ गोलको बराबरीमा सकिएको थियो।







