नारायणगढ – बुटवल सडकखण्ड अवरुद्ध

१८ भाद्र, तुलसीराम भण्डारी ।
पूर्वपश्चिम राजमार्गको नवलपरासी स्थित दाउन्नेमा गएको पहिरोका कारण यातायात अवद्धरु भएको छ । विहान सवा ५ वजे दाउन्नेको खोसार्नी खोलामा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी –पश्चिम) ले जनाएको छ । पहिरो खसेपछि पश्चिमबाट पूर्वतर्फ जान आउँदै गरेका सवारीसाधनहरु बर्दघाट र पूर्वबाट पश्चिम तर्फ जादै गरेका सवारीसाधनहरु दुम्किबासमा रोकिएका छन् । पहिरो खसेको स्थानमा अहिलेपनि लगातार वर्षा भैरहेकोले सडक खुलाउका लागि काम सुरु हुन सकेको छैन । File Photo

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।