सप्तकोशी नदीमा यस वर्षकै उच्च बहाब

१३ भाद्र, काठमाडौं ।
सप्तकोशी नदीमा यस वर्षकै उच्च पानीको बहाब बढेको छ । केही दिन देखि निरन्तर परेको वर्षाका कारण सप्तकोशी नदीको बहाब उच्च विन्दुमा पुगेको हो । सप्तकोशीमा २ लाख ५७ हजार ७ सय ९० क्यूसेकप्रतिसेकेण्ड वहाव पुगेको छ। यति बहाब पुग्दा समेत कोशी व्यारेजको पुरै ढोका भारतले खुल्ला गरेको छैन । अहिले ३५ वटा मात्रै ढोका खोलिएको छ । ब्यारेजमा ५६ वटा ढोका रहेका छन् । श्रीलंका टापु र गरैया टापुमा सप्तकोशी नदीले कटान शुरु गरेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।