अफगानिस्तानबाट फर्काइयो ७७० जना नेपाली

११ भाद्र, काठमाडौं ।
अफगानिस्तानमा रहेका नेपालीमध्ये विभिन्न देशका कुटनीतिक नियोगहरूको सहयोगमा ७७० जनालाई स्वदेश फर्काइएकाे परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । अफगानिस्तानमा अवैध रूपमा गएका ३५० नेपाली रहेको अनुमान गरिएको छ । मन्त्रालयले अफगानिस्तानबाट थप ११ जना नेपालीलाई उद्धार गरी नयाँ दिल्ली ल्याइएको विज्ञप्तिमार्फत जनाएको छ । मन्त्रालयका अनुसार अफगानिस्तानका विभिन्न स्थानमा रहेका ४२ जना नेपालीलाई एकीकृत गरी उद्धारका लागि काबुल विमानस्थलनजिक राखिएको छ ।उनीहरूलाई काबुल विमानस्थल सञ्चालनमा आएपछि उद्धार गरी नेपाल ल्याउने तयारी भइरहेको छ । मन्त्रालयका अनुसार अफगानिस्तानबाट उद्धार गरी दोहा, दुबई, लण्डन र नयाँ दिल्लीमा रहेका नेपालीहरूलाई काठमाडौंसम्म ल्याउन निरन्तर समन्वय र सहजीकरण भइरहेकाे पनि मन्त्रालयले जनाएकाे छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।