१० भाद्र, काठमाडौं ।
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएका छन् । राईले आज प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी समक्ष राजीनामा बुझाएका हुन् । यसअघि प्रदेश नम्बर १ को एमाले संसदीय दलमा चयन भएका भीम आचार्य मुख्यमन्त्रीमा नियुक्ती भएसंगै पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट सपथग्रहणपछि आचार्यले पदभार ग्रहण गरेका हुन् ।
बिहीबार प्रदेश १ संसदीय दलको बैठकबाट सर्वसम्मत संसदीय दलको नेतामा चयन भएपछि आचार्यलाई प्रदेश प्रमुख अधिकारीले मुख्यमन्त्रीको शपथ ग्रहण गराएका थिए । मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता शेरधन राईको प्रस्तावमा आचार्य दलको नेता चयन भएपछि राईले राजीनामा बुझाए । राईले राजीनामा बुझाएलगत्तै भीम आचार्य मुख्यमन्त्री नियुक्त भएका हुन् ।






