८ भाद्र, काठमाडौं ।
नेपालमा आज २५२५ कोरोना संक्रमित थपिएका छन् । आज १४८१० जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै कुल संक्रमितको संख्या ७ लाख ५१ हजार १ जना पुगेको छ ।यसै गरी आज २०८६ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै कुल निको हुनेको संख्या ७ लाख २ हजार १८३ पुगेको छ ।
यसै गरी २४ घण्टामा ३५ जनाको संक्रमणका कारण मृत्यु भएको छ । यो सँगै हाल सम्म मृत्यु हुनेको संख्या १० हजार ५६८ पुगेको छ ।अब सक्रिय संक्रमितको संख्या ३८ हजार २५० रहेको छ ।






