काबुल विमानस्थलबाट टाढै बस्नु : अमेरिका

६ भाद्र, न्यूयोर्क,
अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना नागरिकहरुलाई काबुल विमानस्थलबाट टाढा रहन आग्रह गरेको छ । काबुल विमानस्थलमा बढ्दो भीड र अफगानिस्तानमा रहेको इस्लामिक स्टेट समूहले गर्न सक्ने सम्भावित आक्रमणलाई मध्यनजर गर्दै अमेरिकाले आफ्ना नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको हो । विमानस्थल गेट बाहिरबाट आएको सुरक्षा चुनौतीलाई ध्यानमा राख्नदै अमेरिकाले आफ्ना नागरिकलाई सचेत गराएको हो । अमेरिकी सरकारका प्रतिनिधिलाई व्यक्तिगत रुपमा कहिले र कसरी यात्रा गर्ने भन्ने जानकारी दिने बताइएको छ । अमेरिकी सुरक्षा अधिकारीहरुले पछिल्लो विकसित घटनाक्रमको अनुगमन गरिरहेको र वैकल्पिक रुटहरुको खोजी गरी नागरिकहरुलाई स्वदेश फर्काइने जनाइएको छ । Photo:Aljezeera

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।