मन्त्री झाँक्री अमेरिका प्रस्थान

१० बैशाख,काठमाण्डौ ।
सहरी विकासमन्त्री रामकुमारी झाँक्री अमेरिका प्रस्थान गरेकी छन् । अमेरिकाको न्युयोर्कस्थित युएन ह्याबिटेटको मुख्यालयमा आयोजित उच्चस्तरीय बैठकलाई सम्बोधन गर्न मन्त्री झाँक्री शुक्रबार साँझ अमेरिका प्रस्थान गरेकी हुन् ।उनले आगामी अप्रिल २८ तारिखमा उक्त बैठकलाई सम्बोधन गर्ने मन्त्रालयका प्रवक्ता सहसचिव विष्णुप्रसाद शर्माले जानकारी दिए । युएन ह्वाबिटेट अन्तर्गत सञ्चालित ‘न्यू अर्बन एजेन्डा २०१५ को कार्यान्वयनको अवस्थाबारे’ बैठकमा छलफल हुने पनि उनले बताए ।मन्त्री झाँक्रीसँगै कार्यक्रममा सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनाली, उपमहानिर्देशक दिलिप भण्डारी सहभागी छन् । मन्त्री झाँक्री अप्रिल ३१ तारिखमा स्वदेश फिर्ता हुने प्रवक्ता शर्माले बताए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।