नेपालमा थप ३ हजार ७५ संक्रमित, ३३ जनाको मृत्यु

३ भाद्र, काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार बिहीबार प्रेस ब्रिफिङमा १६ हजार ४३८ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टी गरेको हो । पछिल्लो २४ घण्टामा ११ हजार ९४६ जनाको पिसिआर र ४ हजार ४९२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। त्यस्तै, २ हजार १२६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।यसको संक्रमणबाट थप ३३ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ४२९ पुगेको छ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।