२७ साउन, काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ८१ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । १६ हजार ६ सय ५६ जनामा परीक्षण गर्दा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।नेपालमा हालसम्म पीसीआर विधिबाट ७ लाख २३ हजार २ सय ९६ जना र एन्टिजेन विधिबाट ७२ हजार ९५ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
यही अवधिमा थप १ हजार ८ सय ८५ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कूल संक्रमितमध्ये हालसम्म ६ लाख ७५ हजार ८३ जना संक्रमणमुक्त भइसकेका छन् ।
पछिल्लो २४ घण्टामा थप ३० जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ । हाल सम्म १० हजार १ सय ८० जनाको कोरोनाको कारण मृत्यु भईसकेको छ ।






