नेपालमा थप २ हजार ५४८ जनामा कोरोना पुष्टि, ५५ जनाको मृत्यु

२४ साउन, काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ३३ जनाको पीसीआर परीक्षणमा २ हजार १३७ र ३ हजार ३४५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४११ जनामा कोरोना पुष्टि भएको हो ।यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५५ जनाको मृत्यु भएको छ । सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार २९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार निको हुने दर ९३.६ प्रतिशत रहेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।