अनसन बस्दै डा. केसी,स्वास्थ्य राज्यमन्त्रीको पदमुक्त गर्न माग

२२ साउन, काठमाडौं ।
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्न सरकारसँग माग गरेका छन् । उनले स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई पदमुक्त गर्नुपर्नेसहित माग राखेर आगामी ३ भदौदेखि अनसन बस्ने घोषणा गरेका हुन् । निजी अस्पतालका सञ्चालकलाई स्वास्थ्य राज्यमन्त्री बनाएर सरकारले देशको स्वास्थ्य क्षेत्रलाई नै उल्टो र गलत बाटोमा डोर्‍याउने प्रयास गरेको डा। केसीको आरोप लगाएका छन् ।शुक्रबार एक विज्ञप्ति सार्वजनिक गर्दै डा। केसीले कोरोना महामारीका बेला कुशल र स्वार्थको द्वन्द्व नहुने व्यक्तिलाई तत्काल स्वास्थ्यमन्त्री र राज्यमन्त्री नियुक्त गर्नुको विकल्प नभएको बताएका हुन् ।‘स्वास्थ्य राज्यमन्त्रीमा व्यवसायीको नियुक्ति हचुवा, छिटपुट वा असावधानीपूर्वक गरिएको नभइ अरु दशौं वर्षसम्म राजनीतिमा कालो धनको भूमिका संस्थागत गर्ने र नीतिगत भ्रष्टाचार सुनिश्चित गर्ने प्रयासका रुपमा भएको छ ।

यस्तो प्रवृत्ति स्वास्थ्य र मेडिकल शिक्षाका लागि त घातक छ नै, देशको लोकतन्त्र र विधिको शासनका लागि झनै घातक छ,’ डा. केसीको विज्ञप्तिमा भनिएको छ ।उनले आगामी दिनमा व्यापारी, व्यवसायीहरुले नेता वा तिनका परिवारका सदस्यलाई चोर बाटोबाट सांसद र मन्त्री हुने, आफ्नो व्यवसायको हित हुने गरी कानुन बनाएर नीतिगत भ्रष्टाचार गर्ने अवस्था कहिल्यै नआउने सुनिश्चित गर्नका लागि स्वार्थको द्वन्द्वसम्बन्धी प्रष्ट कानुनी व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् ।File Photo

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।