१९ साउन, काठमाडौं ।
पछिल्लो समय मेमोरी किङ भन्दै आएका विजय शाहीलाई गिरफ्तारको माग गर्दै एक वेभसाईट ह्याक गरिएको छ । शाहीलाई मेमोरी पावर रहेको भनेर सर्टिफिकेट दिने प्राईभेट कम्पनी च्याम्पियन्स बुक अफ वर्ल्ड रेकर्ड्सको वेबसाइट ह्याक गरिएको हो । वर्ल्ड रेकर्डको तथ्यांक राख्दै आएको वेबसाइट च्याम्पियन्स बुक अफ वर्ल्ड रेकर्ड्सको वेबसाइट नेपाली ह्याकरले ह्याक गरेका हुन् ।
शाहीलाई गिरफ्तारको माग गर्दै सातान र ब्रम्हा नामक ह्याकरले च्याम्पियन्स बुक अफ वर्ल्ड रेकर्ड्सको वेबसाइट ह्याक गरेका हुन् । सातान र ब्रम्हाले यसअघि विभिन्न नेपाली साइटहरु ह्याक गरेका थिए ।अमेरिकी मेमोरी मास्टर नेल्सन डेलिसले केही दिन अगाडि आफ्नो युट्युबमा भिडियो राख्दै आफु विजय शाहीबाट ठगिएको बताएपछि शाही झुटो रहेको भन्दै चौतर्फी रुपमा बिरोध भईरहेको छ ।






