१७ साउन, सिड्नी ।
गैर-आवासीय नेपाली संघ अष्ट्रेलियाको शनिबार सम्पन्न निर्बाचनमा अध्यक्ष पदमा बर्तमान प्रबक्ता नन्द गुरुङ विजयी भएका छन् ।
निर्बाचित गुरुङले ८५८३ मत प्राप्त गरे भने अध्यक्षका अर्का प्रत्यासी उमेद्वार डा.ज्ञानेन्द्र रेग्मीले ४८७९ मत प्राप्त गरी पराजित बने । अध्यक्ष पदमा ७४४ जनाले नो भोटमा सहभागीता जनाएको निर्बाचन आयुक्त सुरेन्द्र सिग्देलले जानकारी दिए ।







