नेपालमा ३८४० कोरोना संक्रमित थपिए,३३ जनाको मृत्यु

१३ साउन, काठमाडौं ।
नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ८४० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ८८६ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ६३४ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४ हजार ९२२ गर्दा १२०६ मा संक्रमण देखिएको छ।कुल १५ हजार ८०८ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। यसै गरी आज संक्रमणका कारण ३३ जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९७७१ पुगेको छ। पछिल्लो २४ घण्टामा १ हजार ९९३ जना कोरोनाबाट मुक्त भएका छन्।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।