८ साउन,चितवन ।
चितवनको भरतपुर महानगरपालिका १७ मानचोकस्थित सिमलडाँडामा बिहीबार मृत्यु अवस्थामा फेला परेका नेपाली सेनाका जवान भरत गुरुङलाई सँगै कार्यरत सैनिक जवानले गोली हानेको पुष्टि भएको छ ।धादिङ निलकण्ठ नगरपालिका घर भई नेपाली सेनाको महेन्द्र दल गण शिवपुरीमा कार्यरत ३६ वर्षीय गुरूङलाई सोही गणमा कार्यरत सिपाही गंगाधर ढकालले गोली हानेर हत्या गरेको
चितवन प्रहरीले जनाएको छ । ढकाललाई बिहीबार नै पक्राउ गरेको पनि चितवन प्रहरीले जनाएको छ । हत्यामा प्रयोग भएको पेस्तोल भरतपुर ८ विसहजारी ताल जाने पर्खाल पछाडीको झाडीबाट बरामद भएको पनि प्रहरीले जनाएको छ । गुरुङले साउन ५ गते जग्गा पास गर्न जाने भनेपछि ढकाल नै उनलाई लिन काठमाडौं गएको र सो रात चितवन पुगेर होटलमा बसी अत्यधिक मादक पदार्थ सेवन गरेको प्रहरीले अनुसन्धानबाट खुलेको छ ।
मादम पदार्थ सेवन गरेर राती मोटरसाइकलमा घुम्दै गर्दा विहान भएको र सिमलचौर पुगेपछि पिसाब गर्ने बहानमा मोटरसाइकल रोकेका ढकालले झोलाबाट पेस्तोल झिकेर गुरुङको कन्चटमा हानेको प्रहरीले जनाएको छ । पीडित परिवारले ढकालमाथि कडा भन्दा कडा कारबाही माग गरेको छ ।







