कोरोनाबिच जापानमा ओलम्पिक २०२० शुरु

८ साउन,काठमाण्डौ ।
कोरोना महामारीका कारण ढिलो गरी जापानमा टोकियो ओलम्पिक २०२० औपचारीक रुपमा शुरु भएको छ । आज एक भव्य समारोहका बीच जापानका सम्राट नरुहितोले ओलम्पिक समारोहको उद्घाटन गरेका छन् । १५ विदेशी नेताहरुको उपस्थितिमा नरुहितोले उद्घाटन गरेका हुन् ।महामारीका कारण विशेष र्सांस्कृतिक प्रस्तुतिहरु यस पटक गरिएका छैनन् । भने केही प्रस्तुति कोरोना महामारीमा ज्यान गुमाएका र संघर्ष गरेका खेलाडीमा समर्पित गरेर प्रदर्शन गरिएको छ । ओलम्पिक मशाल प्रज्वललित गर्ने खेलाडीहरुको नाम समेत गोप्य राखिएको छ । रंगशालामा एक हजार भन्दा कम दर्शकको उपस्थितिमा खेल खेलाईने आयोजकले जनाएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।