७ साउन,काठमाण्डौ ।
नेपालमा बितेको २४ घण्टामा १ हजार ८५५ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ९ हजार १२२ पीसीआर परीक्षणमा सो संख्या पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ७०७ परीक्षणबाट ८५९ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १२ हजार ८२९ परीक्षणमा २ हजार ७१४
जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ६ लाख ७४ हजार ७२६ पुगेको छ ।यसैगरी थप १ हजार २८८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ३७ हजार ६९० छ ।नेपालमा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६६१ पुगेको छ ।






